आलुले बजार नपाउदा किसानहरु मर्कामा।
Esewanews
|
मङ्गलबार, ०९ असोज २०८०
नेपाल–ढोरपाटन क्षेत्रका किसानहरुलाई आलु भित्र्याउने
चटारोमा छन्।गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि
भ्याइनभ्याइ छ।वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ
क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका छन्।तर आलुले भने उचित बजार नपाएको
उनीहरुको गुनासो छ। भौगोलिक विकटताका कारण ओझेलमा परेको
ढोरपाटन र निसेलढोर क्षेत्रको हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका
छन्।ढुवानीको समस्या खेप्दै आएका किसानहरु अहिले बजारमा मूल्य नपाएको दुःखेसो पोखिराखेकाछन्।एक
दशक अगाडिसम्म ढोरपाटन सडक सञ्जालले जोडिएको थिएन।अहीले निसेलढोरसम्म नै मोटरबाटो
पुगेपछि आलु ढुवानीमा केही सहजता भने भएको छ।तर बाह्रै महिना सडक नचल्दा त्यसबाट किसानहरु
ठूलो नोक्सानी व्यहोर्न विवस छन्।बागलुङ जिल्लालाई पुग्ने आलु उत्पादन यस
क्षेत्रमा उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको
छैन। घण्टौँ लगाएर बजारमा ल्याएको आलुले कम मूल्य पाउँदा किसान मर्कामा पर्ने
गरेका छन्।भातीय बजारबाट आयातित आलुको मूल्यले आफूहरु ठूलो मर्कामा पर्ने गरेको
स्थानीय किसानहरुले बताए।