आजको मौसमको अबस्था कस्तो छ।
Esewanews
|
सोमबार, ०८ असोज २०८०
नेपाल–मौसम पूर्वानुमान महाशाखाका अनुसार
सोमबार देशभर सामान्य बदली रहने बताएको छ।कोशी,मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा बाँकी प्रदेशका
थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी
गराएको छ। साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।भोलि
मंगलबार पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी
प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको
सम्भावना रहेको अधिकारीहरुले बताएका छन्।