मुगु गमगढी बजारमा आगलागी।
Esewanews
|
शनिबार, ०६ असोज २०८०
नेपाल–मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी
भएको छ।शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी अधिकारीहरुले जानकारी दिए।राति
१ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीहरुले नियन्त्रणमा
लिएको अधिकारीहरुले बताए।आगलागिमा ६ बटा घर जलेर पुर्णरुपमा नष्ट भएका छन्।मानविय
क्षति नभएपनि ठुलो मात्रामा आर्थिक क्षति भएको अधिकारीहरुले अनुमान गरेका छन्।आगो लागेर क्षेति भएका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसलहरु थिए। क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।