Esewanews

सल्यान कपुरकोटमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १६ जनाको उपचार हुदैँ।

Author Esewanews मङ्गलबार, ०५ भदौ २०८०

views
सल्यान कपुरकोटमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १६ जनाको उपचार हुदैँ।

नेपालसल्यानमा भएको गाडी दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ।गाडी दुर्घटनमा घाइते भएर उपचारकालागी दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएका सल्यान दार्माकोट गाउँपालिका-२ की ३६ वर्षीया ओमपत खत्री र रुकुम पश्चिमका ६० वर्षीय कमारो कामीको उपचारका क्रममा मृत्यु भएको बताईएको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका अधिकारीहरुका अनुसार दुर्घटनामा घाइते भएका थप १६  जनाको उपचार भइरहेको बताए। सोमबार दिउँसो रुकुमबाट नेपालगञ्ज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको थियो ।गाडी सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो।

© 2026 esewanews.com.np All rights reserved.