Esewanews

नेपाली बालबालीकालाई बोरामा राखी भारत लैजाँदै गर्ने एक भारतीय पक्राउ।

Author Esewanews सोमबार, ०४ भदौ २०८०

views
नेपाली बालबालीकालाई बोरामा राखी भारत लैजाँदै गर्ने एक भारतीय पक्राउ।

नेपालबारामा नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलका प्रहरी अधिकारीहरुका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो।बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारीहरुले बताए। उक्त घटनाका आरोपी आलममाथि थप अनुसन्धान भइरहेको बताइन्छ। प्रहरी अधिकारीहरुका अनुसार नेपाली बालबालिकालाई बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि डिउटिमा खटीएका प्रहरीहरुले उद्धार गरेका थिए ।उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ। नेपाल भारत खुल्ला सिमानाका कारण यस्ता जघन्य अपराधहरु दिनहु जसो हुने गरेका छन्। 

© 2026 esewanews.com.np All rights reserved.