Esewanews

दाङबाट काठमाडौं आउँदै गरेको बस बेनिघाटमा दुर्घटना।

Author Esewanews शनिबार, ०२ भदौ २०८०

views
दाङबाट काठमाडौं आउँदै गरेको बस बेनिघाटमा दुर्घटना।

नेपालतुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको यात्रु बस आज बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दीखोला नजिकै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टीदा उक्त बसमा स्वार २६ जना यात्रु घाइते भएका छन्। आज बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी अधिकारीले जानकारी दिएका छन्। अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइन्छ।प्रहरी अधिकारीका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका१० का ५० वर्षीय मानबहादुर खड्काको भने अवस्था गम्भीर छ।दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए। स्रोत रासस।

© 2026 esewanews.com.np All rights reserved.