राष्ट्रघाति एमसीसी परियोजना द्वारा जग्गा अधिग्रहण सुरु।
Esewanews
|
शुक्रबार, ०१ भदौ २०८०
नेपाल–अमेरिकी आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट
(एमसीसी) अन्तर्गत (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन
निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ।देशभक्त
नेपाली जनताको ब्यापक बिरोधका बावजुत पनि संसदवादी दलहरुले उक्त आयोजनालाई
कार्यान्वयन गर्न संसदवाट अनुमोदन गरेका थिए।एमसिसिले बारे अहिले पनि देशभक्त
नेपाली जनताहरु बिरोधमै छन् र निरन्तर आन्दोलनमा छन्।एमसिसिमा भएका प्रवधानले
नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौम अधिकारलाई कुन्ठित मात्रै पार्दैन
दृघकालिन रुपमा नेपालको जलस्रोत माथि अमेरीकाको एकाधिकार कायम हुनेछ र देश
अमेरीकाको अधिनस्थ बन्दैछ।यतिवेला उक्त आयोजनालाई चाहीने ४०० केभी विद्युत प्रसारण
आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा
अधिग्रहणको प्रक्रिया सुरु गरिएको भइराखेको छ। जिल्ला प्रशासन
कार्यालय मकवानपुरले सूचना सार्वजनिक गर्दै थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९
मा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको बताएको छ।आयोजना निर्माणकै लागि बुटवल
सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने पाल्पामा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ।