Esewanews

नेपाल सरकारले एक लाख टन खाद्यान्न माग्दै भारतलाई पत्र पठायो।

Author Esewanews शुक्रबार, ०१ भदौ २०८०

views
नेपाल सरकारले एक लाख टन खाद्यान्न माग्दै भारतलाई पत्र पठायो।

नेपालकाठमाडौं सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ।भारतको खाद्यान्न निर्यातमा प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रा लयका अधिकारीहरुका अनुसार एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको बताएका छन्।परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको तर त्यसबारे औपचारिक जवाफ नेपालले पाएको छैन।

© 2026 esewanews.com.np All rights reserved.