Esewanews

१०० केजी भनीएको सुन ६० केजी कसरी?

Author Esewanews मङ्गलबार, ३० साउन २०८०

views
१०० केजी भनीएको सुन ६० केजी कसरी?

नेपालकाठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरीएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको बताए।राजस्व अनुसन्धान विभागले साउन तिनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ब्रेक शुबरामद गरेको थियो।बरामत गरीए पछी सय किलो सुन भएको निक्कै हल्ला गरीएको थियो।बरामत गरीएको सुनको तौल एकिन गर्न एक हप्ता लाग्ने बताइएको थियो तर एकहप्तामा नतः सुनको तौल एकिन गरीयो नतःबजारमा हल्ला गरीए जतिको सुनको तौल भयो बरु सय किलो बाट घटेर एक महिना जतिको समयमा ६० किलो भएको जानकारी गरीयो।सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने बताइन्छ।सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको छ।सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ।यही प्रकरणलाई लिएर एमालेले निरन्तर सदन अबरोध गरी राखेकोछ।

© 2026 esewanews.com.np All rights reserved.