Esewanews

दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता।

Author Esewanews मङ्गलबार, २३ साउन २०८०

views
दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता।

नेपालकाठमाडौँमा तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्नामा बसेका थिए।सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जनभन्दा बढी धर्ना बसिरहेकाहरु घाइते भएका थिए।सोही दिन पक्राउ परेकी अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भएकी थिइन।धर्ना बसेकालाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघले बताएका छन्।अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा उचित क्षतिपूर्ति एवं उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्।गृहमन्त्री नारायणकाजी श्रेष्ठले ज्ञापनपत्र बुझदै तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दु:ख व्यक्त गर्दै दोषी माथि कारबाही र घाइतेको उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।गृहमन्त्रीले घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सोमबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका हुन्।

© 2026 esewanews.com.np All rights reserved.